१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले बोलाए आफूनिकट मन्त्रीहरु तथा नेताहरुलाई बालुवाटार


केपी शर्मा ओली

काठमाडौँ, असार १७ । प्रधामन्त्री केपी शर्मा ओलीले पार्टी भित्र घेराबन्दीमा परेपछि अबको रणनीतिबारे पार्टीभित्र आफ्नो पक्षका नेताहरु तथा केही मन्त्रीसँग परामर्श थालेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओलीले केही मन्त्री र आफ्नो पक्षका नेताहरुसँग बुधबार बिहानैदेखि छलफल थालेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रीहरु प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल तथा ओली पक्षका नेता सुवासचन्द्र नेम्बाङसहितसँग ओलीले छलफल गरिरहेका छन् । क्याबिनेट बैठक नभएपनि प्रधानमन्त्रीले मन्त्री तथा पार्टीका नेताहरुसँग छलफल गरिरहेको प्रधामन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

स्थायी कमिटि बैठकमा नेताहरुले ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्ने माग गरेका थिए । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित उनीहरु पक्षधर नेताहरुले ओलीलाई मंगलबारको स्थायी कमिटि बैठकमा र्‍याखर्‍याख पारेका हुन् ।

केही दिनअघि ओलीले आफूलाई हटाउन दिल्ली र नेपालको शक्ति लागेको अभिव्यक्ति सार्वजनिक रुपमा दिएका थिए । मंगलबारको बैठकमा प्रचण्डले राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए । ओली नेता नेपाल र अर्का नेता झलनाथ खनालमाथि पनि मंगलबारको बैठकमा खनिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !