११ बैशाख २०८१, मंगलबार

ओलीलाई बाबुरामको प्रश्न: सरकार ढाल्न षड्यन्त्र गर्ने भारतीय राजदूतलाई किन देश निकाला गर्नुहुन्न ?


डा. बाबुराम भट्टराई

१६ असार, काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राजदूतलाई किन देश निकाला नगरेको भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् । ओलीले हालै मात्र भारतले आफूलाई हटाउन खोजेको र दूतावास सक्रिय भएको आरोप लगाएका थिए ।

नेता भट्टराईले प्रधानमन्त्री फेर्ने षड्यन्त्र गरेको भए त्यस्तो षड्यन्त्र गर्ने राजदूतलाई किन देश निकाला नगरेको भनेर प्रश्न गरेका हुन् । नागरिकता विधेयकको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराई देश गम्भीर समस्यामा रहेको बेला प्रधानमन्त्रीले बेसुरा कुरा गर्दै हिँडेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !