७ बैशाख २०८१, शुक्रबार

नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा


केपी शर्मा ओली/ प्रचण्ड

काठमाडौं, १६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन लागेको भनेर दिएको अभिव्यक्तिको जवाफ मागेका थिए ।

बैठकमा बरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पनि प्रधानमन्त्रीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको भनेर दिएको अभिव्यक्तिमा जवाफ मागेका थिए । स्थायी कमिटीको पाँचौं बैठक गत बुधबारदेखि जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !