५ जेष्ठ २०८१, शनिबार

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी


नेकपा स्थायी कमिटीको बैठक

काठमाडौँ, असार १३ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज शनिबार जारी रहेको छ । आजको बैठक  पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

असार १० गतेवाट शुरु भएको बैठकको पहिलो दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा मन्तव्य व्यक्त गरेका थिए भने दोस्रो दिन हिजोदेखि एजेन्डाहरुमा छलफल शुरु भएको छ । हिजोको बैठकमा सीमाका विषयमा सदस्यहरूले बोलेका थिए। हिजोको बैठकमा १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।

हिजोको बैठकको प्रारम्भमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई वार्ताका लागि पटक-पटक आग्रह गरे पनि सकारात्मक नदेखिएको जानकारी गराएका थिए । मन्त्री ज्ञवालीले केही सञ्चार माध्यमले चीनले पनि नेपाली भूमि अतिक्रमण भएको भन्दै गलत प्रचार गरेको बताएका थिए । चीनले कुनै पनि नेपाली भूमि नमिचेको उनको दाबी थियो ।

हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने कार्यव्यस्तताका कारण अनुपस्थित थिए । हिजोको बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतमा गरेका थिए । स्थायी कमिटी बैठकमा एमसीसी परियोजनाबारे पनि छलफल हुने कार्यसूची छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !