१७ असार २०८१, सोमबार

प्रचण्डले मागे ओलीको राजीनामा, ओलीले राजीनामा देलान त ?


ओली अध्यक्ष

काठमाडौं, १२ असार । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थायी कमिटि बैठकमा प्रधानमन्त्री केपी शर्मा आज उपस्थिति नभएपछि अन्य नेताहरुले किन अनुपस्थिति भएको भन्दै प्रश्न गरेका छन् । ओली आफ्नो चर्को आलोचना हुने बुझेरै सहभागीता भएनन् ।

नेकपाभित्र एक व्यक्ति एक पदको एजेन्डाले गर्दा पनि ओली समस्यामा परेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर नेताहरुले यस्तो एजेन्डालाई चर्काएका छन् । यसको अर्थ ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री एक पद छाड्ने वाध्यात्मक अवस्था बनाउन खोजिएको छ ।

नेकपाका प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम ओलीविरुद्ध एकजुट भएका छ्न । यसकारण पनि ओलीलाई मुश्किल परेको छ । प्रचण्डले ओलीसँग भेटेर राजीनामा मागिसकेका छन् । उनी हत्तपत्त सम्झौता गर्ने पक्षमा छैनन् । माधवकुमार नेपाल ओलीको विपक्षमा स्पष्ट रुपमा उभिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !