१२ असार २०८१, बुधबार

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदै


कात्तिक १६, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फको उम्मेदवारी आज दर्ता हुँदै छ । निर्वाचन आयोगले आगामी मंसिर २१ गते गर्ने दोस्रो चरणको निर्वाचनका लागि तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो । आयोगले उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगले हिजो पत्रकार सम्मेलन गरेर मनोनयनको तयारी पूरा भएको भन्दै निर्वाचनलाई लिएर कुनै द्विविधा नपाल्न आग्रह गर्दै शान्तिपूर्ण रुपमा उम्मेद्वारी दर्ता गर्न आह्वान गरेको छ । पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले आज विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म आ-आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ताका लागि आह्वान गरे ।

प्रतिनिधिसभाको कूल १ सय ६५ मध्ये ३७ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ । ती क्षेत्रका लागि कात्तिक ५ गते नै उम्मेदवारी दर्ता भएको थियो । पहिलो चरणमा उच्च हिमाली तथा पहाडि क्षेत्रमा निर्वाचन हुने छ । उम्मेदवारी दर्तासँगै उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. यादवले आचारसंहिताको पूर्ण पालना सबैबाट हुने विश्वास व्यक्त गरे ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !