२ जेष्ठ २०८१, बुधबार

ढुंगेल पक्राउपछि माओवादी अत्तालियो, प्रचण्ड पनि जेल जान सक्ने सम्भावना


कार्तिक १५, काठमाडौँ | नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेपछि नेपाली राजनितिमा नयाँ हलचल शुरु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललितपुरको सातदोबाटोबाट ढुंगेललाई मंगलबार बिहान ११ बजे पक्राउ गरेको हो । ओखलढुंगाका कुमार श्रेष्ठको हत्या गरेको ठहर गर्दै सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको नेपाल समाचारपत्रमा खबर छ। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो । सर्वोच्चले ढुंगेललाई दोषी ठहर गरेर सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

 खबर अनुसार नेपाली कांग्रेसका नेता समेत रहेका अधिवक्ता दिनेश त्रिपाठीले प्रहरीले ढुंगेललाई पक्राउ नगरी अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनले प्रहरी प्रमुखलाई नै अवहेलनाको मुद्दाम कारबाही गर्नुपर्ने माग गरेका थिए । प्रहरीले ढुंगेललाई आजै कारागार चलान गर्ने भएको छ । प्रहरीले नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेपछि नेकपा माओवादी केन्द्रमा भने खैलाबैला भएको छ ।

अचानक पूर्व सांसद एवं नेता ढुंगेल पक्राउ परेपछि माओवादीभित्र आक्रोश उत्पन्न भएको हो । स्वयंम अध्यक्ष प्रचण्ड समेत तनावमा परेका छन् । ढुंगेल पक्राउ परेलगत्तै उनले हेडक्वार्टरको बैठक समेत बोलाएको बताइएको छ । स्रोतका अनुसार ढुंगेल पक्राउविरुद्ध सडक प्रदर्शनदेखि कडा आन्दोलनका कार्यक्रम ल्याउने तयारी माओवादी शीर्ष नेताले गरिरहेका छन् । वाम गठबन्धन गरेको एमालेले पनि यसमा साथ दिने भएको छ । सातदोबाटोबाट पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले अदालतमा बुझाउने तयारी गरेको छ ।

द्धन्द्धकालिन मुद्धा भएकाले माओवादीले ढुंगेल पक्राउको विषयमा अदालत मार्फत नभई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत मिलाउनु पर्ने बताउँदै आएका छन । यदी दन्दकालिन मुद्धा ब्युँतिए माओवादीका सबै शीर्ष नेता जेल जानसक्ने देखिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !