८ मंसिर २०८१, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीको भाइटीका (फोटो फिचर)


प्रधानमन्त्री केपी शर्मा ओलीको भाइटीका

कार्तिक १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बहिनीसँग भाइटीका लगाएका छन् । सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले बहिनीहरु कौशिलादेवी कोइराला र विष्णुमाया ढकालबाट टीका लगाएका हुन् । भाइटीकाको अवसरमा बहिनी कौशिलादेवी र विष्णुमायासँगै भान्जीहरु देवका उप्रेती, इन्दिरा पराजुलीको पनि उपस्थिति थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन् । टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे ।

साथै उनीहरूले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए । प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेह स्वरुप उपहार पनि प्रदान गरे । प्रधानमन्त्री ओलीले साइतभन्दा डेढ घण्टा ढिलो टिका लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !