११ आश्विन २०८१, शुक्रबार

तस्वीरमा हेर्नुहोस् काँग्रेसको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम


काँग्रेसको चियापान देउवा, प्रधानमन्त्री प्रचण्ड र माधव नेपाल

काठमाडौँ । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले आगन्तुक पाहुनालाई समारोहमा स्वागत अभिभादन गरेका छन् । कांग्रेसले बडादसैं, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो ।

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कुूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई उपस्थित भएका छन् ।

कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल सहभागी भएका थिए ।

यसैगरी कार्यक्रममा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वसभामुखहरू अग्निप्रसाद सापकोटा र दमननाथ ढु्ङ्गाना, जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित उच्चपदस्थ राजनीतिकर्मीसहित विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी भएका छन् ।

बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो । विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

काँग्रेसको चियापान काँग्रेसको चियापान देउवा र देवराज घिमिरे काँग्रेसको चियापान देउवा र केपी ओली काँग्रेसको चियापान देउवा र केपी ओली काँग्रेसको चियापान देउवा र केपी ओली काँग्रेसको चियापान देउवा र केपी ओली काँग्रेसको चियापान देउवा र माधव नेपाल काँग्रेसको चियापान देउवा र प्रधानमन्त्री प्रचण्ड काँग्रेसको चियापान प्रचण्ड काँग्रेसको चियापान देउवा, प्रधानमन्त्री प्रचण्ड र माधव नेपाल
काँग्रेसको चियापान देउवा काँग्रेसको चियापान शेखर कोइराला र गगन थापा

तस्बिर : प्रदीपराज वन्त र किरणराज विष्ट, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !