७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्रीवीचको भेटमा जे देखियो (फोटो फिचर)


शेरबहादुर देउवा र वाङ वी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा हिजो आएका चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ वीवीच आज शिष्टाचार भेट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री यीवीच आज शिष्टाचार भेट भएको हो ।

आज साँझ एक घण्टा भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिए । भेटमा नेपाल र चीनबीचको सम्बन्ध पुरानो तथा मैत्रीपूर्ण रहेको, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एकअर्काका चासो र हितका विषयमा समर्थन गर्नेलगायत विषयमा कुरा उठान भएको उनले बताए ।

चीनसँगको नेपालको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवा नाका सञ्चालन गर्ने, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन कोभिड–१९ का कारण पूरा हुन नसकेको अवस्थामा त्यसलाई सहजता बनाउने लगायत विषयमा पनि दुवै पक्षबीच सौहार्द रुपमा छलफल भएको थियो ।

सोही अवसरमा पोखरा विमानस्थलमा चीनको ऋण सहयोगमा चिनियाँ पक्षले सम्पन्न गरेको प्राविधिक पक्षको काम नेपाललाई हस्तान्तरण गरिएको छ । परराष्ट्रमन्त्री डा. खड्काको मैत्रीपूर्ण निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आएका परराष्ट्रमन्त्री वाङ शुक्रबार यहाँ आइपुगेका हुन् ।

दुवै देशका परराष्ट्रमन्त्रीबीच आजै द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी ९ वटा समझदारीमा हस्ताक्षर पनि गरेका छन् । प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटपछि प्रधानमन्त्री र विदेशमन्त्री वाङको उपस्थितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समापन समारोहको श्रव्यदृश्यका माध्यमबाट निरीक्षण गरेका छन् ।
शेरबहादुर देउवा र वाङ वी शेरबहादुर देउवा र वाङ वीशेरबहादुर देउवा र वाङ वीशेरबहादुर देउवा र वाङ वी शेरबहादुर देउवा र वाङ वी शेरबहादुर देउवा र वाङ वी

तस्वीर : रोशन सापकोटा, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !