८ बैशाख २०८१, शनिबार

पूर्वप्रधानमन्त्री डा. भट्टराईले लगाए बहिनीको हातबाट भाइटीका (फोटो फिचर)


डा. बाबुराम भट्टराई भाइटीका

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नी बहिनीका हातबाट भाइटीका लगाएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्नी बहिनी पार्वती भट्टराईको हातबाट भाइटीका लगाएका हुन् ।

टीका लगाइदिएपछि बहिनीहरूले भट्टराईलाई मखमली र सयपत्री फूलको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । सो अवसरमा भट्टराईले बहिनीहरुलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरे ।

भट्टराईले भाइटीका लगाउँदै गरेको तस्बिर सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै टीका ग्रहणसँगै परिवारकासाथ तिहारको रमाइलो भएको उल्लेख गरेका छन् ।
डा. बाबुराम भट्टराई भाइटीकाडा. बाबुराम भट्टराई भाइटीकाडा. बाबुराम भट्टराई भाइटीकाडा. बाबुराम भट्टराई भाइटीकाडा. बाबुराम भट्टराई भाइटीकाडा. बाबुराम भट्टराई भाइटीका

तस्बिर सौजन्य : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको फेसबुक पेजबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !