७ बैशाख २०८१, शुक्रबार

तस्वीरमा हेर्नुहोस् लण्डनमा प्रधानमन्त्रीको सम्मान कार्यक्रम


शेरबहादुर देउवा लण्डनमा

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूताबासका कार्यवाहक राजदूत रोशन खनालले आयोजना गरेको स्वागत समारोहमा सहभागी थिए । साथै उनले जलवायु परिवर्तनका असरले नेपालमा पारेको प्रभावलाई मुख्य मुद्दाका रुपमा प्रस्तुत गर्ने बताए ।

आज आइतबार पनि लण्डनमा विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त भए । उनीसँग आइतबार बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्डष्ट्रिज मन्त्री पल सोलीले शिष्टाचार भेट गरे ।

आइतबार नै यहाँस्थित भूतपूर्व गोर्खा सैनिक सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले बेलायती कानुनअनुसारको माग राख्न आग्रह गर्दै उनीहरूका समस्या समाधानमा नेपाल सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए । आजै प्रधानमन्त्री देउवासँग वल्र्ड इनर्जी काउन्सिलका चिफ अपरेटिङ अफिसर तानिया बौम्यानले पनि भेटवार्ता गरे ।

प्रधानमन्त्री देउवा नोभेम्बर भोलि र पर्सी स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाकासंरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुँदैछन् ।

शेरबहादुर देउवा लण्डनमा शेरबहादुर देउवा लण्डनमा शेरबहादुर देउवा लण्डनमा शेरबहादुर देउवा लण्डनमा शेरबहादुर देउवा लण्डनमा शेरबहादुर देउवा लण्डनमा शेरबहादुर देउवा लण्डनमा शेरबहादुर देउवा लण्डनमा शेरबहादुर देउवा लण्डनमा

तस्वीर : भीष्मराज ओझा, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !