७ बैशाख २०८१, शुक्रबार

इन्द्रजात्राको अवसरमा हनुमाढोका दरबार क्षेत्रमा जे देखियो (फोटो फिचर)


इन्द्रजात्रा शेरबहादुर देउवा र अग्नि सापकोटा

काठमाडौँ । इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेकी छन् ।

जात्रा अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शार्मा लगायत मन्त्रिगण, सांसद, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि सहभागी भएका थिए ।

जात्राका अवसरमा राष्ट्रपति भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएकी थिइन् । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो । वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआज पनि गरिएको थियो ।

जात्राका अवसरमा लाखेनाच, दश अवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाच लगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइन्छ ।

इन्द्रजात्रा विद्यादेवी भण्डारी र शेरबहादुर देउवा विद्यादेवी भण्डारी र शेरबहादुर देउवाइन्द्रजात्रा विद्यादेवी भण्डारी र शेरबहादुर देउवा इन्द्रजात्रा शेरबहादुर देउवा र अग्नि सापकोटा इन्द्रजात्रा शेरबहादुर देउवा इन्द्रजात्रा शेरबहादुर देउवा इन्द्रजात्रा कुमारी इन्द्रजात्रा इन्द्रजात्रा इन्द्रजात्रा इन्द्रजात्रा कुमारी इन्द्रजात्रा कुमारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !