मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदीबाट आएको बाढीले बगाउँदा ७ जनाको मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा मेलम्ची ट्राउट फर्ममा कार्यरतमृत्यु भएको हो ।
मेलम्ची खानेपानी ड्याम, मेलम्ची बजार, क्षतविक्षत बनाएको छ । बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचना डुबेर क्षति पनि भएका छन् । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको छ ।
यसैबीच, नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ । बाढीमा फसेका ७४ जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ ।