१४ बैशाख २०८१, शुक्रबार

नवनियुक्त र पुनर्गठित मन्त्रीहरुले शितल निवासमा शपथ लिँदा जे देखियो (फोटो फिचर)


मन्त्रीहरुले शितल निवासमा शपथ

काठमाडौँ । नवनियक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा आज शुक्रबार राती राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा राजेन्द्र महतोलाई उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री, विष्णु पौडेललाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, रघुवीर महासेठलाई उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीको रुपमा सपथ खुवाएकी छन् ।

यस्तै राष्ट्रपति भण्डारीले शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री, शरदसिंह भण्डारीलाई ऊर्जा तथा जलस्रोत मन्त्री, अनिल झालाई खानेपानी तथा सरसफाई मन्त्री, लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था तथा सहकारी मन्त्री, बिमल श्रीवास्तवलाई श्रम तथा रोजगार मन्त्री, उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्री, चन्दा चौधरीलाई महिला तथा बालबालिका मन्त्री, एकबाल मियांलाई युवा तथा खेलकूद मन्त्रीको रुपमा सपथ गराएकी हुन् । ,

साथै प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङलाई महिला, बालबालिका राज्यमन्त्रीको रुपमा सपथ खुवाएका हुन् ।
तीन उपपप्रधानमन्त्रीसहित नयाँ मन्त्रीको शपथमन्त्रीहरुले शितल निवासमा शपथमन्त्रीहरुले शितल निवासमा शपथमन्त्रीहरुले शितल निवासमा शपथमन्त्रीहरुले शितल निवासमा शपथमन्त्रीहरुले शितल निवासमा शपथ मन्त्रीहरुले शितल निवासमा शपथमन्त्रीहरुले शितल निवासमा शपथमन्त्रीहरुले शितल निवासमा शपथ मन्त्रीहरुले शितल निवासमा शपथ
तस्वीर : प्रदीपराज वन्त, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु