१३ बैशाख २०८१, बिहिबार

यस्तो भयो सुनधारामा नवनिर्मित धरहरा (फोटो फिचर)


पुन:निर्मित धरहरा

काठमाडौँ । सुनधारामा नवनिर्मित धरहरा यही वैशाख ११ गते शनिबार औपचारिक रुपमा यसको उद्घाटन गर्ने कार्यक्रम छ । पुनःनिर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा ८ बैशाख गजुर राखिएको थियो ।

नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बिहान ८ः०० बजेको शुभ साइतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली सहितको सहभागितामा गजुर राखिएको थियो ।

अहिले ऐतिहासिक धरहरा यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाइएको हो । वैशाख ११ गते ११ः०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी रहेको छ ।

भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मङ्सिरसम्मको समय कुर्नुपर्नेछ ।

विसं २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो ।

गोरखा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री ओलीले नै विधिवत्रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेका हुन् ।
पुन:निर्मित धरहरा पुन:निर्मित धरहरा पुन:निर्मित धरहरा सुनधारामा नवनिर्मित धरहरा

तस्वीर : रत्न श्रेष्ठ, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !