गुल्मी । गुल्मी जिल्लाको पश्चिमी भागमा ९४.५२ वर्ग कि. मि क्षेत्रफ़ल् ओगटेको मदाने गाउँपालिकामा २१८९९ जनसंख्या रहेको छ ।
अग्लुङ्ग, बाझकटेरी, भनभने, मलागिरी, म्यालपोखरी, पुर्कोट दह र सिर्सेनी गा.वि.स. मिलेर बनेको यो गाउँपालिकामा कंके देउराली, मालारानी, पुर्कोट दह, जस्ता धार्मिक तथा पर्येटकीय स्थल रहेका छन् ।
विभिन्न जातजाति र धर्म संस्कृतिको संगम रहेको यहाँ विशुद्ध सामाजिक संस्कार देख्न पाइन्छ ।
तस्वीर सौजन्य : मदाने गाउँपालिका वेभसाइट