११ श्रावण २०८१, शुक्रबार

हेलिकप्टर लिएर सिन्धुपाल्चोकको पहिरोस्थल लिदी पुगे सभामुख सापकोटा (फोटो फिचर)


हेलिकप्टर लिएर सिन्धुपाल्चोकको पहिरोस्थल पुगे सभामुख सापकोटा

सिन्धुपाल्चोक, साउन ३० । समामुख अग्नि सापकोटा काठमाडौँवाट हेलिकप्टर लिएर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ लिदीको लामा टोलमा भीषण पहिरोस्थल पुगेका छन् । उक्त पहिरोमा १८ घर पुरिएका र ३६ जना वेपत्ता भएका छन् । साथै सो क्षेत्रमा २५-३० घरहरु जोखिममा छन् ।

उक्त पहिरोस्थलमा रहेका समामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार घटनास्थलमा १ जनाको हात र १ जनाको खुट्टा भेटिएको छ । घटनामा परी घाइते भएका १० जनालाई उपचारका लागि सदरमुकाम चौतारा र काठमाडौं पठाइएको छ ।

अहिले घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ । शुक्रबार बिहान ६ बजे पहिरो गएको थियो । घटनास्थल अति दुर्गममा भएको र सडक मार्ग समेत नभएकाले प्रहरीको टोली अहिलेसम्म पुग्न सकेको छैन् । घटनास्थलबाट सबैभन्दा नजकि रहेको कात्तिके प्रहरी चौकीबाट पैदल हिड्दा करिब ५ घण्टान्दा बढी समय लाग्छ । सेना र सभामुखको टोली हेलिकप्टर मार्फत घटनास्थल पुगेको हो ।

हेलिकप्टर लिएर सिन्धुपाल्चोकको पहिरोस्थल पुगे सभामुख सापकोटा

हेलिकप्टर लिएर सिन्धुपाल्चोकको पहिरोस्थल पुगे सभामुख सापकोटा

हेलिकप्टर लिएर सिन्धुपाल्चोकको पहिरोस्थल पुगे सभामुख सापकोटा

हेलिकप्टर लिएर सिन्धुपाल्चोकको पहिरोस्थल पुगे सभामुख सापकोटा

हेलिकप्टर लिएर सिन्धुपाल्चोकको पहिरोस्थल पुगे सभामुख सापकोटा

हेलिकप्टर लिएर सिन्धुपाल्चोकको पहिरोस्थल पुगे सभामुख सापकोटा

तस्वीर : देवराज सुवेदी (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !