८ पुस २०८१, सोमबार

यस्तो देखियो नेपालबाट खण्डग्रास सूर्यग्रहण (फोटो फिचर)


सूर्यग्रहण

काठमाडौं, असार ७ । आज आइतबार बिहान १०:५० बजेबाट सुरु खण्डग्रास सूर्यग्रहण लागिरहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहण मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिए । ३ घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले जानकारी दिएका छन् ।

शास्त्रीय मान्यता अनुसार असार ६ गते राति १०:५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः१५ मा देखिएको सूर्यग्रहण

भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः२५ मा देखिएको सूर्यग्रहण

भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः४० मा देखिएको सूर्यग्रहण

काठमाडौँको स्वयम्भूबाट आइतबार देखिएको सूर्यग्रहण

काठमाडौँको स्वयम्भूबाट आइतबार देखिएको सूर्यग्रहण

आइतबार काठमाडौँको चोभारबाट देखिएको सूर्यग्रहण

आइतबार काठमाडौँको चोभारबाट देखिएको सूर्यग्रहण

काठमाडौँको स्वयम्भूबाट आइतबार १२ः४५ मा देखिएको सूर्यग्रहण

सूर्यग्रहण

कञ्चनपुरको महाकाली नदी किनारबाट आइबार देखिएको सूर्यग्रहण

कञ्चनपुरको महाकाली नदी किनारबाट आइबार देखिएको सूर्यग्रहण

कञ्चनपुरको महाकाली नदी किनारबाट आइबार देखिएको सूर्यग्रहण

काठमाडौँको स्वयम्भूबाट ग्रहण लागेको सूर्यलाई निहाल्दै बालबालिका

तस्वीर : रत्न श्रेष्ठ, प्रदीपराज वन्त, रोशन सापकोटा र शेरबहादुर सिंह (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !