१७ चैत्र २०८१, आइतबार

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयको अत्यन्त जरुरी सूचना


अति आवश्यक सूचना

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयबाट जडान गरिएका खानेपानीका मिटर निरन्तर चोरी भइरहेको सम्वन्धमा अत्यन्त जरुरी सूचना !

यस आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीबाट प्राप्त कनेपनी वितरणका लागि उपत्यकाका विभिन्न स्थानमा बनाइएका वितरण संजालहरुको अन्तिम परिक्षण गर्ने र घरघरमा कनेपनी मिटर जडान गर्ने कार्य धमाधम भइरहेको सर्वविदितनै छ । यसै सन्दर्भमा निर्देशनालयले के.यू.के.एलका ग्राहकलाई जडान गरेका खानेपानी मिटरको सुरक्षाको जिम्मेवारी घरधनीकै हुने व्यहोरा जानकारी गराइन्छ । हाल जडान गरिएका मिटरहरु चोरी भएको भनी यस कार्यालयमा अत्याधिक निवेदन प्राप्त भएकोले यो सूचना प्रकाशन गरिएको छ ।

आयोजनाको अनुरोध

१. आयोजनाको तर्फबाट निरीक्षण/अवलोकनका लागि कार्यालय वा निर्माण व्यावसायीका कर्मचारीहरु कोही आएमा कार्यालय तथा सम्वन्धित व्यक्तिको परिचयपत्र हेरेर मात्र मिटरमा पहुँच दिनुहुन ।

२. आफ्नो जिम्मामा रहेको आयोजनाले जडान गरिदिएको मिटरको पूर्व सुरक्षाको उपायहरु अवलम्बन गर्नु हुन ।

 आयोजना कार्यान्वयन निर्देशनालय

सम्पर्क ठेगाना :

आयोजना कार्यान्वयन निर्देशनालय,
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड,
अनामनगर, काठमाडौँ ।

टोल फ्री नं. : ११३९,
फोन नं. : ०१ ५७०५७७१/५७०५९१६
फ्याक्स नं. : ०१५७०५०५७
ईमेल : pidkukl@gmail.com
Facebook : www.facebook.com/pidkukl

पुनश्च : यो सूचना यस आयोजना कार्यान्वयन निर्देशनालयको वेभसाईट https://www.kuklpid.org.np तथा यस निर्देशनालयको सूचना पार्टीमा समेत हेर्न सकिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु