४ असार २०८१, सोमबार

निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको आक्रामक तयारी गरिरहेको अवस्थामा केही पक्षले एकाएक निर्वाचन सर्न सक्ने भन्दै भ्रम फैलाएपछि आयोग रुष्ट बनेको छ ।

निर्वाचन आयोगले निर्वाचनको प्रायः सबै तयारी पूरा भएको र सोहीअनुसार मतपत्रसमेत छापिसकेकाले अब निर्वाचन निर्धारित समयमा नै हुने स्पष्ट पारेको छ । आयोगका अनुसार हालसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छापिइसकेको छ भने दैनिक सरदर ८ लाख थान मतपत्र छापिने क्रम जारी छ ।

पछिल्ला केही दिनदेखि निर्वाचन सर्न सक्ने भ्रम फैलाइँदै आइएको छ । सत्तारूढमध्येको एक दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा निर्वाचन सर्न सक्ने सम्भावना रहेको भन्दै भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै आयोग रुष्ट छ ।

नेपालले सो अभिव्यक्ति दिएलगत्तै गत मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा घोषित निर्वाचन कुनै कारण देखाएर सारिए मुलुक गम्भीर दुर्घटनामा जान सक्ने चेतावनी दिएका थिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशन छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !