११ श्रावण २०८१, शुक्रबार

कामु प्रधानन्यायाधीशसंग टसलपछि सर्वोच्चका मुख्य रजिस्ट्रार कुँवर घर बिदामा


दीपककुमार कार्की र लालबहादुर कुँवर

काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर एक महिना लामो घर बिदामा बसेका छन् । कामुप्रधानन्यायाधीश दीपककुमार कार्कीले तीन दिनभित्र उच्च अदालत पाटनमा हाजिर हुन लिखित निर्देशन दिएपछि मुख्य रजिस्ट्रार कुँवर घरबिदामा बसेका हुन् ।

कामु प्रधानन्यायाधीश कार्की उनको कार्यशैलीका कारण असन्तुष्ट छन् । उनी सञ्चित बिदाबाट काटिने गरी २५ चैतदेखि २५ वैशाखसम्म बिदामा बसेका हुन् । उनको बिदाको निवेदन कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले स्वीकृत गरिसकेको सर्वोच्चले जनाएको छ ।

उच्च अदालतको न्यायाधीश हुन अस्वीकार गरेसँगै उनी बिदामा बसेका हुन् । २६ फागुनमा न्यायपरिषद्ले कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !