५ जेष्ठ २०८१, शनिबार

राजनीतिको रापले गर्मायो पर्सा


मतदानको व्यवस्था

वीरगन्ज । आगामी ३० वैशाखमा हुने निर्वाचन कार्यतालिका अनुसार पर्सामा राजनीतिको ‘राप’ चैत–वैशाखको चढ्दो घामभन्दा धेरै रापिलो भइसकेको छ । त्यसैले अन्य समयमा खासै बाहिर नदेखिने राप्रपाका स्थानीय नेता कार्यकर्ता समेत सडक र गाउँ टोलमा देखिन थालेका छन् ।

गत निर्वाचनमा पर्सामा एमालेले खासै आफ्नो प्रभाव देखाउन सकेको थिएन । मधेशमा आन्दोलनरत दलले मधेसविरोधी भन्दै गरेको प्रचारले एमालेको ‘सूर्य’ले खासै उज्यालो छर्न सकेको थिएन । तर, एमाले अहिले त्यसबेला सूर्यमा लागेको ग्रहण हटाउन मरिमेटेर लागेको छ ।

पर्सामा योपटक अन्य पार्टीका निर्वाचित पालिका प्रमुखसहितका जनप्रतिनिधि र स्थानीय नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने लहर चलिरहेको छ । एमालेमा पार्टी प्रवेश गर्ने लहरले गएको पुस ८ गतेयता तातेको मधेश प्रदेशको पश्चिमको जिल्ला पर्सामा कांग्रेस र जसपा मात्र नभई सबैभन्दा कान्छो दल राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा समेत सोमबार यहाँ आइपुगे । उनले पनि आफ्ना राजनीतिक गतिविधि गरेर फर्किन भ्याइसके । यो समाचार आको राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !