७ मंसिर २०८१, शुक्रबार

एआईजी दरबन्दी थप गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय


मन्त्रिपरिषद् बैठक

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गरेको छ । थप दरबन्दीसँगै एआईजीको संख्या आठ पुगेको छ ।

नेपाल प्रहरीमा एक वर्षभित्रै एआईजीको दरबन्दी तीनबाट बढाएर आठ पु-याइएको हो । पछिल्लोपटक दरबन्दी थपका लागि संगठन व्यवस्थापन सर्वेक्षण ९ओ एन्ड एम० गरेर गृह मन्त्रालयमा पठाइएको थियो । गृह मन्त्रालयले अघिल्लो सोमबार नै एआईजी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको भए पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले यो विषयमा निर्णय लिएको हो ।

थपिएको दरबन्दी मानव स्रोत एवं प्रशासन विभागलाई अलग गरेर एउटा, केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश समन्वय विभागमा रहने भएको छ ।

थप भएको दरबन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसीलगायत प्रतिस्पर्धी छन् ।

अर्याल, पन्त र कार्कीद्वय एआईजीमा बढुवा भए पनि ३० वर्षे सेवा हदका कारण उनीहरूले आगामी १८ वैशाखमै अवकाश पाउनेछन् । उनीहरू प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीका ब्याचका हुन् । यो समाचार राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !