१३ बैशाख २०८१, बिहिबार

कोरोना सङ्क्रमण न्यून गर्न जुट्यो सरकार


कोरोनाको डेल्टा भेरियन्ट

काठमाडौं । नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै संरचना परिचालन गरेर कोभिड सङ्क्रमण नियन्त्रण र रोकथामको काम सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राका अनुसार कोभिड–१९ को महामारी पुनः फैलिएपछि प्रारम्भिक चरणका सम्पूर्ण तयारी सुरु गरिएको बताए ।

उनले भने, “कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमा नाकाका सतर्कता बढाइएको छ । कन्ट्याक्ट ट्रेसिङ र एन्टिजेन परीक्षण पनि वृद्धि गरिएको छ ।”

डा. मिश्राले स्थानीय सरकारहरूसँग समन्वय गरेर क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन कार्य अघि बढाएको बताए । सङ्क्रमण बढेका क्षेत्रबाट अन्यत्र नफैलियोस् भनेर उच्च सतर्कताका साथ परीक्षण भइरहेको पनि उनले बताए ।

सरकारले सातै प्रदेशमा कोभिड अस्पताल सञ्चालन गरी आवश्यक पूर्वाधार र भौतिक संरचना निर्माण गरेको छ । खोप र अत्यावश्यक औषधि पनि तयारी अवस्थामा राखिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !