८ मंसिर २०८१, शनिबार

काठमाडौँ उपत्यकामा ४८ वटा पार्क बन्दै


काठमाडौँ उपत्यका

काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ ।

एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो ।

प्राधिकरणको योजना महाशाखा प्रमुख सौरभ ढकालले काठमाडौँ जिल्लामा एक करोड रुपियाँको लागतमा सातवटा, ललितपुर र भक्तपुर जिल्लामा चार/चारवटा पार्क निर्माण गर्न लागिएको जानकारी दिँदै पार्क निर्माणका लागि कम्पनी छनोटको कार्य एक महिनाभित्र सम्पन्न हुने बताए ।

५० लाख रुपियाँभन्दा कमको लागतमा काठमाडौँमा १९ वटा, ललितपुरमा छवटा र भक्तपुरमा आठवटा पार्क निर्माण गरिनेछ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !