७ जेष्ठ २०८१, सोमबार

पुरानै नेतृत्व, पुरानै नीति


काठमाडौं । पछिल्लो डेढ महिनामा प्रमुख राजनीतिक दलहरूले महाधिवेशन सम्पन्न गरेका छन् । संविधानका छिद्र समाई दलहरूले महाधिवेशन टार्दै आएका थिए ।

राष्ट्रियसभा निर्वाचनसहित कानुनी जटिलताले थप अवधिका लागि टार्न नसक्ने भएपछि उनीहरूले महाधिवेशन सम्पन्न गरेका छन् ।

डेढ महिनाको अवधिमा नेपाली काँग्रेसदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीसम्मका पाँच दलले महाधिवेशन सम्पन्न गरे । कात्तिक अन्तिम साता नेकपा मालेबाट सुरु भएका महाधिवेशनको क्रम एमाले, काँग्रेस, राप्रपा हुँदै माओवादी केन्द्रमा आएर सकिएको हो ।

राजनीतिक दलको महाधिवेशनले लिने नीति र छान्ने नेतृत्वले उनीहरूको आन्तरिक जीवनमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि परिवर्तन ल्याउने धेरैको अनुमान थियो । तर दलका महाधिवेशनले नीति मात्र होइन नेतृत्व पनि परिवर्तन ल्याउन सकेन । आजको नागरिक दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !