काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ९३ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ९ हजार ५ सय १० र एन्टिजेन परीक्षणबाट २ हजार १ सय गरी १६ गरी ११ हजार ६ सय २६ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार थप एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।
पछिल्लो समय संक्रमितको संख्या वृद्धि हुँदै गएको भन्दै मन्त्रालयले कोरोना संक्रमणबाट जोगिन मास्क अनिवार्य लगाउन आह्वान गरेको छ । संक्रमितको संख्या बढ्न थालेपछि टेकु अस्पतालमा बिरामीको चाप फेरि बढ्न थालेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६३ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ६१ रहेको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।