१२ आश्विन २०८१, शनिबार

दूधजन्य पदार्थमा घातक जीवाणु कोलिफर्म भेटियो


milk

काठमाडौं । चाहे बालबालिका होस् चाहे वृद्धवृद्धा, स्वस्थ र तन्दुरुस्त स्वास्थ्यका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन राम्रो मानिन्छ ।

चिकित्सकहरू पनि बालबालिका तथा वृद्धवृद्धालाई दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गर्न सल्लाह दिने गर्छन । तर, हामीले स्वस्थ हुन भन्दै दैनिक सेवन गर्ने दूधजन्य पदार्थमा घातक जीवाणु कोलिफर्म भेटिने गरेको छ ।

कोलिफर्म भनेको एउटा सूक्ष्म जीवाणु हो, जसले मानिसको स्वास्थ्यमा असर पार्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वयंले अनुगमनका क्रममा दही र दूधमा ‘कोलिफर्म’ भेटिएको जनाएको छ ।

चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा गरिएको खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनमा दही र दूधमा ‘कोलिफर्म’ भेटिएको विभागले जनाएको छ ।

छाती तथा मुटु रोग विशेषज्ञ डा. दीर्घसिंह बम स्वस्थ शरीरका लागि दूध तथा दही र दुग्धजन्य वस्तु स्वस्थकर हुनुपर्ने बताउँछन् । आजको राजधानी दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !