१२ आश्विन २०८१, शनिबार

प्रिमियम बढाउन बैंकहरूको अनुचित दबाब


बैंक

काठमाडौं । कोरोना महामारी उत्कर्षमा रहेका बेला लगानीका क्षेत्र खुम्चिरहँदा ऋणीप्रति उदार व्यवहार देखाएका बैंकहरू अहिले व्यवसायीलाई कस्ने नियतमा लागेका छन् ।

कोरोना महामारी मत्थर भएसँगै उद्यम व्यापारले गति लिन थालेको छ । यो बेला बैंकहरूले तरलता अभावलाई कारण देखाएर लिमिटमा भएको रकमसमेत दिन नमानेको गुनासो औसत व्यवसायीको छ ।

बैंकहरूले ऋणीलाई प्रिमियम दर बढाउन दबाब दिन थालेको वीरगञ्ज उद्योग वाणिज्य संघले बताएको छ । संघले यसबारेमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेरै ध्यानाकर्षण गराए पनि ती निकायले सुनुवाइ नगरेको संघको बैंक तथा वित्तीय समितिका संयोजक आशिष लाठ बताउँछन् ।

अहिले बैंकहरूले प्रिमियममा ३ देखि ४ प्रतिशत बिन्दुसम्म बढाउन दबाब दिइरहेको संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् । ‘तरलता अभावका कारण बैंकको खर्च बढेको भए त्यो आधार दरमा जान्छ । तर, प्रिमियम बढाउन अनुचित दबाब आइरहेको छ,’ गुप्ताले भने ।आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !