१२ बैशाख २०८१, बुधबार

तालिबानद्वारा अफगानिस्तानलाई इस्लामिक राष्ट्र घोषणा गर्ने तयारी


अफगानिस्तानको राजधानी काबुल

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुल कब्जा गरेसँगै सशस्त्र विद्रोही तालिबानले सरकार निर्माणपछि इस्लामिक राष्ट्र घोषणा गर्ने तयारी गरेका छन् । आइतबार रातिदेखि नै राष्ट्रपति निवासमा अफगान सरकार र तालिबानीका प्रतिनिधिबीच सुरु भएको वार्ता सोमबार बिहानसम्म जारी रहेको बताइएको छ ।

सो वार्तामा तालिबानीलाई वैधानिक रूपमा सत्ता हस्तान्तरण गर्ने विषयमा कुराकानी भइरहेको अनुमान गरिएको भए पनि यस विषयमा सरकारका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

अफगानिस्तानमा राजधानीतर्फ तालिबानी विद्रोहीहरूले प्रवेश गरेपछि अफगानी गृहमन्त्रीले सरकार शान्तिपूर्ण रूपमा तालिबानीलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका थिए ।

यता अफगानिस्तानमा रहेका विदेश नागरिक आफैं पनि आफ्नो देश फर्किरहेका छन् । आफ्नो देश फर्कन चाहनेहरूलाई तालिबानहरूले बदलाको भावमा कसैलाई पनि केही नगर्ने बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !