१३ बैशाख २०८१, बिहिबार

तालिबानद्वारा राष्ट्रपति कार्यालय कब्जासँगै युद्ध समाप्तिको घोषणा


तालिबानद्वारा राष्ट्रपति कार्यालय कब्जा

काठमाडौं । २० वर्ष लामो गृहयुद्धपछि सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानको काबुलस्थित राष्ट्रपति कार्यालय कब्जा गरेसँगै युद्ध सकिएको घोषणा गरेको छ । राष्ट्रपति असरफ घानी देश छोडेर भागेसँगै युद्ध सकिएको घोषणा भएको हो ।

आइतबार राजधानी काबुल कब्जा गरेसँगै तालिबानका राजनीतिक सल्लाहकारले युद्ध समाप्त भएको घोषणा गरेका हुन् । अब लामो समय अफगानिस्तानलाई तनावपूर्ण स्थितिमा राख्न नचाहेको कुरा अन्तर्राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

नावपूर्ण अवस्था अन्त्य गर्दै नयाँ सरकार गठन गर्ने तालिबानको तयारी छ । तालिबानले बनाएको सरकारलाई अन्तर्राष्ट्रिय मुलुकले मान्यता दिन्छन् या दिँदैनन् भन्ने विषय पनि महत्वपूर्ण रहेको छ । पाकिस्तान, रुस र चीनले मान्यता दिने संकेत दिइसकेका छन् भने अन्य देशले भने निर्णय लिइसकेका छैनन् ।

अफगानिस्तान सार्कको कान्छो मुलुक पनि हो । सन् २००७ देखि भारतको पहलमा अफगानिस्तान सार्कको सदस्य भएको थियो । चौथो शिखर सम्मेलनदेखि अफगानिस्तान सामेल रहँदै आएको छ । अब यो देशसँग सार्कका सदस्य राष्ट्रको भूमिका कस्तो रहला यसै भन्न सक्ने अवस्था छैन । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !