६ असार २०८१, बिहिबार

यी हुन् असल मन्त्री बन्न चाहिने २५ गुणहरु


मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पुर्याएपनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।

देउवा नेतृत्वको सरकारले लक्ष्य र सफलता हासिल गर्न सारथीका रूपमा आउने मन्त्री इमान्दार, जनउत्तरदायी, विषय विज्ञ र शतप्रतिशत परिणाम दिन सक्षम हुनुपर्नेे विज्ञको जोड छ ।

क्षमता र योग्यताभन्दा निकटकालाई मन्त्री बनाउन उच्चनेता स्वयं अस्वाभाविक ‘लबिङ’मा रहेको स्रोतको दाबी छ । यसै कारण पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

स्रोतका अनुसार मन्त्री बन्ने होडबाजीमा रहेकाले ‘आफूलाई मन्त्री पदमा पुर्याउन विभिन्न ‘अस्त्र’ प्रयोग गरिरहेका छन् । यद्यपि, सरकारलाई सफल वा असफल बनाउने महत्वपूर्ण जिम्मेवारीमा रहने मन्त्रीका गुण, योग्यता र दक्षताबारे सत्तारूढ दलभित्र खासै बहस र समीक्षा नहुँदा नागरिक स्तरमा केही निराशा छाउन पुगेको देखिएको छ ।

१. योग्यमध्ये असल र उत्कृष्ट क्षमताका ‘भिजन’ दिन सक्ने
२. पार्टी कमिटीमा इमानदारीतापूर्वक योगदान पु-याएको
३. बहुदलीय व्यवस्थामार्फत समाजवादमा पुग्ने स्पष्ट दृष्टिकोण भएको
४. कोभिड व्यवस्थापनमा समेत स्पष्ट योजना बुन्न सक्ने
५. विगतमा सार्वजनिक जिम्मेवारीमा रहँदा उत्कृष्ट कार्य गरेको
६. व्यापारिक हित वा स्वार्थ समूहसँग साँठगाँठ नभएको
७. समष्टिगत राष्ट्रिय हित केन्द्रबिन्दुमा राख्न सक्ने
८. मन्त्रालयको नीति बनाउन र कार्यान्वयनमा दक्ष
९. सधैं जनताकै निकट रही काम गरिरहेको
१०. निजीभन्दा सार्वजनिक हित प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको
११. उच्चस्तरको नैतिकता र आचरणमा रहेको
१२. सम्पति विवरण वर्षैपिच्छे सार्वजनिक गर्न सक्ने हिम्मतिला
१३. राजनीति–प्रशासन सीमा र अन्तरसम्बध प्रस्ट बुझ्न सक्ने
१४. राज्य कोषमा खराब दृष्टि नलगाउने र अथाह सुविधा नखोज्ने
१५.मन्त्री भएपछि तडकभडक नअपनाई सादा जीवनशैली अपनाउने
१६. उच्च निर्णय क्षमता र सूचना प्रविधिबारे जानकार
१७. सम्बन्धित विषयमा स्पष्ट र वस्तुगत किसिमले प्रस्तुति दिन सक्ने
१८. अन्य मन्त्रालयको काममा समेत सहजीकरण, समन्वय र सहकार्य गर्न सक्ने
१९. कर्मचारी परिचालन गर्न सक्ने खुबी र ल्याकत भएको
२०. भ्रष्टचारको जालो बुझेर तोड्न र माफियालाई तिरस्कार गर्न सक्ने
२१. काबिल, रातदिन काम गरेर परिणाम दिनसक्ने (रेडी टु वर्क)
२२. जोखिम र चुनौती सहजै मोल्न सक्ने, जनप्रिय कार्यक्रम ल्याउन सक्ने
२३. काममा लचिलो, सरल व्यवहार र नतिजामा प्रतिबद्ध
२४. भ्रष्टाचारमा शून्य सहनशीलता नीति मनैदेखि आत्मसात् गर्न सक्ने
२५. राष्ट्रप्रतिको समर्पण, राष्ट्रियताप्रतिको सम्मान र जनताप्रतिको सेवाभाव भएको

सुशासन ऐन, २०६४ अनुसार मन्त्रीका जिम्मेवारी

१. सुशासन कायम गर्नु गराउनु
२. जनतालाई सेवासुविधासहितका शासनको प्रतिफल दिलाउनु
३. सरकारको प्रशासनिक कार्य छिटोछरितो सञ्चालन गराउनु
४. संविधान तथा प्रचलित कानुनमा उल्लेखित जिम्मेवारी पूरा गर्नु
५. मन्त्रालयका नीतिगतलगायत सबै कार्य समयमै सम्पन्न गराउनु
६. कर्मचारीतन्त्रको शसक्त परिचालन गर्नु

यो समाचार आजको राजधानी दैनिकमा सागर पण्डितले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !