१२ बैशाख २०८१, बुधबार

सरकारले गर्यो स्मार्ट लकडाउन तयारी


काठमाडौँ_लकडाउन_निषेधाज्ञा

काठमाडौं । सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक समिति बैठक बसेको थियो ।

‘जहाँ संक्रमण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको प्रस्ताव सीसीएमसीले गरेको छ’, सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने । वैज्ञानिक र व्यावहारिक हुने गरी लकडाउन गर्ने अवधारणा नै स्मार्ट लकडाउन रहेको उनले स्पष्ट पारे ।

अहिलेसम्म हुँदै आएका लकडाउन जिल्ला प्रशासन कार्यालयमार्फत नै गर्दै आएको भए पनि केन्द्रको नियन्त्रण रहँदै आएको छ । अब हुने लकडाउनमा जिल्लाले स्वयं अवस्था हेरेर निर्णय गर्न सक्छ । स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ कोरोना संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला हुँदै जान्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !