१३ जेष्ठ २०८१, आइतबार

बाबुराम र उपेन्द्रलाई आफ्नो बाटो लाग्न महन्थ ठाकुरको धम्की


महन्थ ठाकुर र डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीको आधिकारिताको विवादमा महन्थ ठाकुरनिकट मानिएका दुई कार्यकारिणी सदस्य राजकिशोर यादव र अमृता अग्रहरिले ठाकुरलाई साथ दिएका छैनन्।

आधिकारिकताको विषयमा छलफल गर्न ठाकुर पक्षले बुधबार बोलाएको आफूनिकट कार्यकारिणी समितिको बैठकमा राजकिशोर र अग्रहरिले बहिस्कार गरेका छन्। त्यस्तै ठाकुरले निर्वाचन आयोगमा पठाएको पत्रमा यादव र अग्रहरीले हस्ताक्षर गर्नसमेत इन्कार गरेका छन्।

यादव र अग्रहरिको हस्ताक्षरविनै ठाकुर पक्षले आयोगमा चिठी दर्ता गराएको छ। उक्त चिठीमा ठाकुरसँग निकट मानिएका १८ कार्यकारिणी सदस्य र पछि थप गरिएका २० गरी ३८ व्यक्तिको हस्ताक्षर संलग्न गरिएको छ। थप गरिएका कार्यकारिणी समितिका सदस्यहरूको हस्ताक्षरसमेत जोड्दा ठाकुरको पक्षमा बहमुतमा पुग्छ, तर थप गरिएको नियुक्ति अवैध भएको उपेन्द्र यादव पक्षले दाबी गरेको छ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीमा विवाद गरिराख्नुभन्दा आ–आफ्नो बाटो लाग्नु नै उपयुक्त हुने निष्कर्ष निकालेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले सो निष्कर्ष निकालेको हो । बैठकमा सहभागी कार्यकारिणी समिति सदस्यका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर माओवादी केन्द्र र नेकपा एमाले आफ्नो बाटो लागेजस्तै जसपाबाट समाजवादी पार्टी र राजपा नेपाल पनि आ–आफ्नो बाटो लाग्नुपर्ने निष्कर्ष बैठकको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !