७ बैशाख २०८१, शुक्रबार

८५ प्रतिशत वैदेशिक रोजगार व्यवसायी कम्पनी खारेजीको जोखिममा


वैदेशिक रोजगार

वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोरोनाका कारण तोकिएको सङ्ख्यामा श्रमिक विदेश पठाउन नसकेपछि ८५ प्रतिशत कम्पनी जोखिममा परेका हुन् ।

विभागका अनुसार वैदेशिक रोजगार ऐनबमोजिम दर्ता भएका कम्पनी ८५४ रहेकामा ७३१ वटा खारेजीको जोखिममा छन् । हालको कानुनी व्यवस्थाअनुसार नवीकरण गर्न दिए करिब १५ प्रतिशत कम्पनी मात्रै वैधानिक रहनेछन् ।

विभागले वैदेशिक रोजगार ऐनअनुसार आव २०७६/७७ मा एक सय र २०७७/७८ एक सय श्रमिक पठाएको प्रमाणसहित दर्ता नवीकरणका लागि आह्वान गरेको छ तर १२३ वटा कम्पनी मात्रै पछिल्ला दुई आर्थिक वर्षमा दुईभन्दा बढी श्रमिक विदेश पठाउन सफल भएका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले ऐनअनुसार कागजात पूरा गर्न नसक्ने कम्पनीको नवीकरण गर्न नसकिने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !