१२ असार २०८१, बुधबार

११ वटा जटिल भीर पार गर्दै हुम्ला पुग्यो कर्णाली करिडोर


काठमाडौं । एघार वटा जटिल भीर पार गर्दै पाँच वर्षमा कर्णाली करिडोर हुम्ला पुगेको छ । यो पाँच वर्षको पछिल्लो वर्ष कोरोना महामारी हुँदाहुँदै पनि विकास कामले तीव्रता पाएको छ । असजिला र बढी चट्टानी भाग कोरोनाकालमै चिर्न सफलता प्राप्त भएको छ ।

हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ल अपत्यारिला भीरबाट हुम्लामा सडक पुगेको कुरा सपनाजस्तो लागेको बताउँछन् । “यति असजिलो भीरमा पनि सडक बन्छ भन्ने कुरा पत्यार थिएन तर सफल भयो । देशभर कोरोनाका कारण विकास निर्माण ठप्प हुँदा पनि हुम्लामा सडक पु¥याउन काम रोकिएन,” मल्लको भनाइ छ ।

पाँच वर्षअघि कर्णाली करिडोरको जिम्मा नेपाली सेनाले पाएपछि काममा तीव्रता पाएको उनले उल्लेख गरे ।

सो सडकको हुम्ला खण्डमा कवाडीदेखि सलीसल्लासम्मको ३९ किलो मिटर क्षेत्रमा २०७३ चैत ९ गतेबाट सेनाले काम सुरु गरेको थियो । समाचार आजको गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !