३ आश्विन २०८१, बिहीबार

बाबुको अन्त्येष्टि गर्दागर्दै छोराको पनि मृत्यु


मृत्यु

काठमाडौं । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो ।उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो ।

पत्रकार लक्ष्मण र उनका बुबा झण्डै २० दिनदेखि बिरामी भएर भैरहवामा उपचाररत थिए । दुबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो । त्यही क्रममा बुबाको आइतबार मृत्यु भएको थियो । सोमबार बुबाको दाहसंस्कार गर्दैगर्दा लक्ष्मणको पनि मृत्युको खबर आयो ।

यद्यपि बुबाको मृत्युको खबर लक्ष्मणलाई भने दिइएको थिएन । आफूहरु बुबाको दाहसंस्कारका लागि घाटमा रहेकै बेला लक्ष्मणको पनि मृत्यु भएको खबर आएको स्थानीय पत्रकार प्रेमबहादुर राम्जाले बताए । यो खबर अन्नपूर्ण पोस्टमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !