६ बैशाख २०८१, बिहिबार

त्रिशुलीमाथि बन्दाबन्दै गरेको पक्की पुल कसरी लड्यो गर्ल्याम्म ?


त्रिशुलीमाथि बन्दाबन्दै गरेको पक्कि पुल कसरी लड्यो गर्ल्याम्म ? (फोटोसहित)

काठमाडौँ । चितवनको ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिनाघाट जोड्नेगरि त्रिशुली नदिमाथि निर्माणाधिन पक्कि मोटरेवल पुल गएराती भत्किएको छ । एकमहिना अघि ढलान भएको पुलको चिवतन पट्टिको खण्ड भत्किएको हो ।

निर्माणाधिन अवस्थामा रहेको यो पुल चालु आर्थिक वर्षभित्र सक्ने लक्ष्य थियो । मंगलबार बिहान ४ बजे पुल भत्किएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । ‘बिहान ४ बजेतिर बढेमानको आवाज निकाल्नेगरि पुल भत्केको रहेछ,’ उनले भने ।

भरतपुर डिभिजन सडक कार्यालयका सुचना अधिकारी शिव खनालका अनुसार निर्माणाधिन पुलको लम्बाई २ सय मिटर हो । १० मिटर चौडाई रहेको पुलमा चारवटा स्पान रहेका थिए । चितवन खण्डका २ वटा ४० मिटर लामो स्पान भत्केको खनालले बताए । खनालका अनुसार पुलमा तीनवटा पक्कि स्पान र एउटा स्टिल स्पान राख्ने तयारी थियो ।

चितवन खण्डमा २ वटा र तनहुँ खण्डमा एउटा पक्कि स्पान राख्ने गरि पुल डिजाइन भएको थियो । ८० मिटर लामो स्टिल स्पान भने बीचमा राख्ने तयारी थियो । तर चितवन खण्डका स्पान भत्केका छन् ।

२०७१ कात्तिकमा निर्माण थालिएको पुलको लागत १६ करोड ५३ लाख रुपैयाँ थियो । पुल बनाउने जिम्मा इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रुपमा लिएका थिए । बागमति र गण्डकी प्रदेशलाई जोड्नेगरी यो पुल निर्माणा हुँदै आएको थियो । पुल भत्किनुको कारण खुलेको छैन । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !