७ जेष्ठ २०८१, सोमबार

देवीराम शर्मा भन्छन्, ‘संसद् भंग गरेर संकटकाल लगाएपछि इन्धिरा गान्धीले पनि ‘सेन्टिमेन्ट’ लिन ‘सुरक्षा थ्रेट’ को नाटक गरेकी थिइन्’


इन्दिरा गान्धी सुरक्षा

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले प्रधानमन्त्रीज्यूको कुरा सुनेर आफूलाई आश्चर्य लागेको बताएका छन् । उनी भन्छन्–भारतमा इन्धिरा गान्धीले सन् १९७५ मा संकटकाल लगाएपछि उनीविरुद्ध मुद्दा चल्यो । बयान दिन जाँदा अदालतभित्रै छुरा हान्न खोजियो भनियो ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र गाेविन्द सुवेदीले लेखेका छन् ।

पछि अनुसन्धान गर्दा त्यो बनावटी घटना रहेछ । देशका लागि यति गर्दागर्दै पनि हत्या गर्ने योजना बनाइयो भनेर ‘सेन्टिमेन्ट’ लिन नाटक गरिएको रहेछ । अनुसन्धानको क्रममा त्यो कुरा पुष्टि भयो । पक्राउ परेका व्यक्तिले मलाई यस्तो गर्नु भनेर लगाइएको थियो, आक्रमण नै गर्ने योजना थिएन भनेर खुलासा गरेका थिए ।

प्रधानमन्त्रीज्यूको कुरा सुनेर मलाई आश्चर्य लाग्योे । अहिले राजनीतिक अन्योल छ, त्यसको सिर्जना उहाँले नै गर्नुभएको हो । त्यसमाथि अहिले थप हल्ला फैलाइरहनुभएको छ । देशको कार्यकारी प्रमुखसँग नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र उहाँका सहयोगीहरू सधैँ सँगै छन् ।

भिभिआइपी र भिआइपीको सुरक्षामा जहिले पनि ‘थ्रेट’ हुन्छ । त्यो नौलो विषय होइन । तर, उहाँले म ‘थ्रेट’मा छु, जहिले पनि आक्रमण हुनसक्छ भनेको त ममात्र होइन तिमीहरू पनि सुरक्षित छैनौ भनेर जनतालाई भन्न खोजेको हो । प्रधानमन्त्रीले नै असुरक्षित छु भन्ने दिन आएपछि जनता कसरी सुरक्षित होलान् ? प्रधानमन्त्रीको अभिव्यक्तिले यही सन्देश गएको छ ।

यस्तो गलत सन्देश स्वयं प्रधानमन्त्रीबाट प्रवाहित भएको छ । यस्तो विषय उहाँले बोल्ने होइन । नेताले लोकप्रियता गुमायो भने यस्ता कुरा गर्छन् । भारतमा इन्धिरा गान्धीले सन् १९७५ मा संकटकाल लगाएपछि उनीविरुद्ध मुद्दा चल्यो । बयान दिन जाँदा अदालतभित्रै छुरा हान्न खोजियो भनियो ।

पछि अनुसन्धान गर्दा त्यो बनावटी घटना रहेछ । देशका लागि यति गर्दागर्दै पनि हत्या गर्ने योजना बनाइयो भनेर ‘सेन्टिमेन्ट’ लिन नाटक गरिएको रहेछ । अनुसन्धानको क्रममा त्यो कुरा पुष्टि भयो । पक्राउ परेका व्यक्तिले मलाई यस्तो गर्नु भनेर लगाइएको थियो, आक्रमण नै गर्ने योजना थिएन भनेर खुलासा गरेका थिए ।

प्रधानमन्त्रीज्यूले पनि ममाथि ‘थ्रेट’ छ भन्नुभएको छ । त्यति धेरै सुरक्षा हुँदाहुँदै पनि उहाँले आफूलाई सुरक्षा ‘थ्रेट’ छ भन्नु लज्जास्पद हो । प्रधानमन्त्रीलाई कोबाट ‘थ्रेट’ छ त ? कि त उहाँलाई आफ्नै पार्टीका विपक्षी समूहबाट ‘थ्रेट’ हो । अर्काे भनेको नयाँ नक्सा जारी गरेपछि भारतलाई ‘इन्डिकेट’ गरेको पनि हुन सक्छ । यो दुईवटाबाहेक अरू कोही पनि छैन ।

लोकप्रियता गुम्दै गएपछि देशका लागि केही गर्न खोज्दाखोज्दै मेरो हत्या गर्न खोजिएको छ भनेर सहानुभूति लिन खोजेको जस्तो लाग्यो । तर, यो राम्रो होइन । पार्टीभित्रको समीकरणलाई व्यवस्थापन गर्न नसकेर यो अवस्था आएको हो । उहाँले संसद् विघटन गरेपछि सम्पूर्ण सुरक्षा वातावरण बिग्रिएको छ । उहाँले सुरक्षा शक्तिलाई दोष दिने कुनै ठाउँ छैन । अरू कुरा बिक्री नभएपछि प्रधानमन्त्रीले आफूमाथि असुरक्षाको कुरा बोल्नुभएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !