१० असार २०८१, सोमबार

बलात्कारका घटना दिनप्रतिदिन बढ्दै: पिसाब फेर्न निस्केकी बालिकालाई अपहरण गरी बलात्कार


File Photo

काठमाडौं । राति शौच गर्न निस्केकी मोरङको जहजा गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई दुई युवकले अपहरण गरी बलात्कार गरेका छन् । आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पिसाब फेर्न घरबाहिर निस्केकी बालिकालाई दुई युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लगेका थिए ।आजको नागरिक दैनिकमा समाचार छ ।

उनीहरुले दुई घण्टापछि बालिकालाई उनकै घरनजिक छाडेर भागेका थिए । युवकले को २२ प १८१६ नम्बरको मोटरसाइकल प्रयोग गरेको प्रहरीले जनाएको छ ।‘म शौच गर्न बाहिर निस्किएको समयमा जबर्जस्ती मोटरसाइकलमा राखेर लगे,’ पीडित बालिकाले भनिन्, ‘सडकमा दुईजना केटाहरु बसेका रहेछन्, मैले देखिनँ । एक्लै भएको मौका पारेर उनीहरुले जबरजस्ती मेरो मुख थुनेर बाइकमा बसाएर लगे । चिच्याउन लाग्दा मुखमा सल कोचे ।’घरदेखि धेरै टाढा रानी भेडयारीको मकैबारीमा लगेर मार्ने दिइ आफूलाई जबर्जस्ती गरेको ती बालिकाले बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !