१२ असार २०८१, बुधबार

चूडामणि शर्मा भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो अख्तियारको जवाफ


चूडामणि शर्मा

कात्तिक २८, काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट भएका आदेशको प्रतिलिपी माग गरेको छ ।

विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरु बालेन्द्र रुपाखेती र नित्यानन्द पाण्डेयको इजलासले शर्माको अभियोगको अनुसन्धान कहाँ पुग्यो भनी अख्तियारको जवाफ समेत मागेको छ ।

अदालतले २०७६ फागुनमा निजामती किताबखानाबाट शर्माको सम्पत्ति विवरण झिकाउने आदेश दिएको थियो । तीन वर्षअघि अख्तियारले शर्माविरुद्ध दुई वटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यस मुद्दामा उनी एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । नागरिक दैनिकमा विस्तृतमा खबर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !