१३ असार २०८१, बिहिबार

आफ्नै श्रीमान् र ससुरावाट बलात्कृत महिला भन्छिन् ‘पानी त खान देओ भन्दा पनि उल्टै सबैले मुखमा पिसाब फेरिदिए’


बझाङ, असोज १८ । आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दुर्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती ।

बलात्कार र यातनाको कहालीलाग्दो शृंखलाबाट फुत्किएर जिल्ला अस्पताल बझाङको अन्तरंग विभागमा भर्ना भएकी २१ वर्षीया उनी विगतको सम्झनाले विक्षिप्त छिन् । उनको असह्य छटपटी र चीत्कारले बेलाबेला छेउछाउका बिरामी र कुरुवाको ध्यान खिच्ने गरेको छ । उनी स्वास्थ्यकर्मीसँग आफूले भोगेको कहालीलाग्दो पीडा सुनाउँछिन् । पूरा सुनाउन नपाउँदै फेरि बेहोस हुन्छिन् ।

शनिबार भेट्दा उनी चार दिनपछि पूर्ण होसमा आएकी रहिछन् । ‘पापीहरू सबै लागेर मलाई बलात्कार गरे । आफूले नपुगेर बाहिरका मान्छेलाई पनि बोलाएर उस्तै गर्न लगाए,’ उनले भनिन्, ‘पानी त खान देओ भन्दा पनि दिएनन् । उल्टै सबैले मुखमा पिसाब फेरिदिए । प्यास मेटाउन त्यो पनि खाएँ । चुरोटले जीउभरि पोले ।’ आफूले भोगेको चरम यातना र शृंखलाबद्ध बलात्कारको पीडा सुनाउन खोज्दाखोज्दै उनी फेरि बेहोस भइन् । बेहोसीमै रुँदै बर्बराउन थालिन् । ‘मैले कसैको पाप त गरेको थिइनँ ।

मलाई यो हालतमा किन पुर्‍याए ?’ यति भन्दाभन्दै उनले हातमा लगाएको क्यानुला चुँडाइन्, ‘तपाईंहरूलाई थाहा छ, अब म आमा बन्न सक्दिनँ । नभए मेरो पेट किन काट्यो रु कसले काट्यो रु मैले के अपराध गरें ?’

नजिकै बसेर उनको यो हालत हेरिरहेकी र उनीमाथिको अत्याचारबारे जानकार एक नर्स आँखाभरि आँसु पार्दै डाक्टर बोलाउन गइन् । केहीबेरमै आएका डा। सन्दीप ओखेडा र मिलन खड्काले उनलाई फकाउँदै हातका नसा खोजे, फेरि क्यानुला घोपे र इन्जेक्सन लगाइदिए । केहीबेरमा उनी सुस्ताउन थालिन् । उनी शान्त भएपछि पीडितका काकाले घटनाको बेलिबिस्तार लगाए । कान्तिपुर दैनिकबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !