१८ बैशाख २०८१, मंगलबार

आम नेपाली खान नपाइरहेको बेलामा राष्ट्रपतिले एक करोडको नयाँ गलैँचा राख्न कतिको ठिक हो ?


जेठ १९, काठमाडौं । राष्ट्रपति कार्यालयमा पूराना गलैँचा फालेर नयाँ गलैँचा राख्न थालिएको छ । तीन वर्षअगाडि निर्माण गरिएको उक्त भवनमा दुईवटा ठूला हलका लागि करिब ३० ३० लाख पर्ने गलैँचा र अन्य कोठाहरुका लागि करिब ४० लाख पर्ने गलैँचा फेर्न लागिएको हो ।

राष्ट्रपति कार्यालयको कोठाहरु भव्य बनाउने ठेक्का हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङलाई दिइएको छ । राष्ट्रपति कार्यालयले विदेशी पाहुना आउँदा भेटघाट गर्ने कक्षमा देशको इज्जत बढाउन महँगो गलैँचा बिछ्याउन लागेको जनाएको छ ।

हिमालय डेकोरकी प्रबन्धक शोभा गुरुङले नेपाली मौलिकता झल्कने गरी कोठाहरु सजाउन लागिएको बताइन् । कम्पनीले लकडाउनमा पनि गलैँचा बुन्ने काम धमाधम गरिहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !