काठमाडौँ, १८ जेठ । अधिवक्ता स्वागत नेपालले ओलीलाई भारतको ठेक्का लिएर सरकारमा गएको आरोप लगाएका छन् ।
आज माइतीघर मण्डलामा एमसीसीको विरोध गर्दै स्वागत नेपालले भने, “भारतले गरेको थिचोमिचोमा जनताले विरोध गर्यो भने जनताविरुद्ध दमन गर्ने ठेक्का ओलीले लिएरको छ । त्यसैले गर्दा ओलीमा पनि खोक्रो राष्ट्रवाद देखिएको छ ।”