१३ फाल्गुन २०८२, बुधबार

प्रदेश प्रहरी प्रमुखद्वारा निर्माणाधीन प्रदेश प्रहरी तालिम केन्द्रको अवलोकन


गण्डकी प्रदेश प्रहरी प्रमुख

वैशाख १८, पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले यही वैशाख १८ गते पोखरा महानगरपलिका-१५ छिनेडाडा स्थित निर्माणाधिन अवस्थामा रहेको प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशको भौतिक संरचनाको अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।

उक्त स्थानको निरीक्षण एवं अवलोकन गरी निर्माण हुन लागेको उक्त प्रहरी तालिम केन्द्रलाई थप अत्याधुनिक एवं सुविधा सम्पन्न बनाउन रणनीतिक कार्ययोजना तयार पार्नुका साथै आवश्यक पहलकद्मी गर्न प्रहरी नायव महानिरीक्षक अर्यालद्वारा उक्त तालिम केन्द्रको निरीक्षण गरिएको हो ।

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनिले तालिम केन्द्र अन्तर्गत भईरहेका विभिन्न गतिविधिहरुका विषयमा प्रहरी नायव महानिरीक्षक अर्याललाई जानकारी गराउनु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !