८ मंसिर २०८१, शनिबार

गण्डकी प्रदेश प्रहरी प्रमुखको भिडियो कन्फरेन्स मार्फत निर्देशन


भिडियो कन्फरेन्स मार्फत गण्डकी प्रदेश प्रहरी प्रमुखको निर्देशन

वैशाख १४, पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले संघीय प्रहरी इकाई कार्यालय पोखरा साथै गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय लगायत अन्य प्रहरी कार्यालयका प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन सम्बोधन गर्नुभएको छ ।

गण्डकी प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुले यस विद्यमान परिस्थितिमा सम्पादन गरिरहेको प्रहरी सेवा प्रवाह लगायत अन्य विविध विषयमा जानकारी लिई आवश्यक निर्देशन सम्बोधन गर्ने उद्देश्यले प्रहरी नायव महानिरीक्षक अर्यालद्वारा उक्त भिडियो कन्फरेन्स गरिएको हो ।

सोही अवसरमा संघीय प्रहरी इकाई कार्यालय पोखरा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, गण्डकी प्रदेश अन्तर्गतका प्रदेश ट्राफिक प्रहरी प्रमुख, प्रदेश सशस्त्र प्रहरी गण प्रमुख, दंगा नियन्त्रण प्रहरी गण प्रमुख साथै जिल्ला प्रहरी प्रमुखहरुले आ-आफ्नो क्षेत्रको विद्यमान शान्ति सुरक्षाको अवस्था, अपराधिक अवस्था लगायत कोरोना भाईरस (कोभिड-१९) को संक्रमणलाई फैलन नदिन प्रहरीले गरिरहेको विविध जनमूखि गतिविधिहरुका विषयमा जानकारी गराउनु भएको थियो ।

निर्देशन सम्बोधनका क्रममा प्रहरी नायव महानिरीक्षक अर्यालले विश्वभर कोरोना भाइरस सङ्क्रमणको जोखिम बढिरहेकाले प्रहरी कर्मचारीहरु पनि सावधानीका लागि अपनाउनु पर्ने सुरक्षाका विधिहरु अनिवार्य रुपमा अवलम्बन गर्दै सामाजिक दुरी कायम गरी आफू सुरक्षित भई आम नागरिकहरुलाई समेत यसको संक्रमणबाट बचाउन हरसम्भव लाग्नु पर्ने कुरा बताउनुभयो ।

साथै उहाँले प्रहरी सेवा प्रवाहका विषयमा बताउँदै सेवाग्राही आम नागरिक प्रति उत्तरदायी भई आचरणयुक्त तथा उच्च प्रहरी व्यवसायीकता झल्किने गरी जनमूखि प्रहरी सेवा सम्पादन गर्न समेत निर्देशन गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !