१९ असार २०८१, बुधबार

मौसम पूर्वानुमान : सामान्य बदली, मेघ गर्जन सहित पानी पर्ने सम्भावना


हिउँदे वर्षात्

११ चैत, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ । मंगलबारको मौसम पूर्वानुमान सूचना जारी गर्दै महाशाखाले हाल देशको पश्चिमी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेको र मध्य र पश्चिमका पहाडी भेगमा आंशिक बदली रहेको जनाएको छ ।

दिउँसो : देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमि पहाडि भू-भागका थोरै स्थानहरूमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमि पहाडि भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !