५ असार २०८१, बुधबार

कोरोना संक्रमणबाट मुलुकलाई जोगाउन पोखरेललाई ओलीको निर्देशन, पोखरेलले बोलाए बैठक


ईश्वर पोखरेल

७ चैत,काठमाडौं । पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणको लागि सरकार निकै अग्रसर भएको छ चीनवाट सुरु भएको यो भाइरस अहिलेसम्म नेपालमा भने देखिएको छैन केहि लक्षणहरु देखिएता पनि परिक्षण गर्दा कोरोना नदेखिएपछि परिक्षण गरेर विरामीहरु घर फर्किरहेका छन् उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर हालसम्मको अवस्थाबारे जानकारी गराएका थिए ।

कोरोना संक्रमण नेपालमा भित्रिन नदिन नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक तथा रक्षामन्त्रीसमेत रहेका पोखरेलले बैठक बोलाएका छन् । प्रधानमन्त्रीले संक्रमणबाट मुलुकलाई जोगाउने सन्दर्भमा कुनै कमजोरी हुन नदिन पोखरेललाई निर्देशन दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !