६ जेष्ठ २०८१, आइतबार

पत्रकारको खण्डन


काठमाडौँ, ७ चैत । नेपाल पत्रकार महासंघ रौतहटका तत्कालीन तीन पदाधिकारीले बैंकिङ कसूरमा आफूहरुविरुद्ध कैद फैसला भएको भन्ने समाचारको खण्डन गरेका छन् । महासङ्घका तत्कालीन अध्यक्ष रवीन्द्रप्रसाद साह, सचिव राजेन्द्रकुमार क्षेत्री र कोषाध्यक्ष रमेश तिमिल्सिनाले आफूहरुले वादी उत्तमकुमार उपाध्यायलाई भुक्तान गर्नुपर्ने रु दुई लाख तथा कैदवापतको जनही दुई हजार १०० गत माघमा नै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जलाई बुझाइसकेको जनाउँदै उपाध्यायले पुरानो कुरालाई कोट्याई चरित्रहत्या गर्ने ढङ्गले यही चैत ६ गते समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन् ।

चेक बाउन्ससम्बन्धी मुद्दामा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई सात दिन कैदको फैसला गरेको भनी गत माघ १३ गते भएको फैसलासम्बन्धी समाचार बिहीबार मात्र सम्प्रेषण भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !